डिलाशैनी गाउँपालिकाकाे सम्पर्क कार्यालयमा अज्ञात समुहले आगजनी,स्कारपियोमा पनि क्षेेेति

माघ,बैतडी ८। बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।

 

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै डिलाशैनी गाउँपालिका ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।

 

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

 

बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाको बारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ ।

 

डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखि बिवाद हुदैं आएको थियो ।

 

राज्य पुर्नस्थापना हुँदा डिलाशैनी गाउँपालिका ७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुदैं आएका छन् । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ ।

 

डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ ।