बाजुरामा भालुकाे आकम्रणबाट एक जना घाईते

बाजुरा,माघ ९ ।बाजुरा जिल्ला  बुढिगंगा नगरपालिका ९ माथिल्लो कभ्रितोलाका दिपकबहादुर शाह भालुको आक्रमणमा परी शख्त घाईते भएका छन् । बुधवार दिउसो आफ्नै खेतबारी नजिकै दाउरा लिन जाने क्रममा भालुले आक्रमणमा गरेको थियोे ।

 

जुमला काफल ओखलतोला भन्ने ठाउँमा दाउरा चिर्न जाने क्रममा दिपक शाह घाईते भएकाहुन् । उनको टाउको पिठ्युँ हातखुट्टा लगायत शरिरका बिभिन्न अंगमा घाउ लगाएको छ।

 

“म दाउरा लिन हिडिरहेको थिए  एक्कासी भालु माथिबाट टाउकोमा झम्टेको थाहै पाइँन म भाग्दै थिए लखेटी लखेटी घाईते वनायो म ब्यहोस भएर लडें त्यसपछि कसले उठाएर ल्याए, वयालपाटा अस्पताल पुगेपछि होस खुलयो घाईते दिपकले बताए । ” घाईको उचारका लागि वयालपाटा अस्पताल पठाइएको छ।