बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा,माघ ९।  बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु् भएकाे छ ।

 

मृत्यु हुनेमा गाकैमुल गाउँपालिका–१ का ५३ वर्षीय झिर्के रोकाया भीरबाट लडेर मुत्यु भएको अबस्थामा गाउलेले फेला पारेका हुन फेला परे पछि प्रहरीलाई खबर गरेको स्थानीय बासिन्दाले जानकारी  दिएबा छन् ।

 

 

स्थानीयले दिएको जानकारी अनुसार घरबाट जंगलमा घास काट्न जानेक्रममा भीरबाट बिहीबार विहान लडेर मृत्यु भएको बताएका छन् ।

 

 इलाका प्रहरी कार्यालयलाई ढिलो गरी खवर आएकाले घटनास्थलमा जान केही ढिला भएको गौमुल ईलाका प्रहरी कार्यलयले जानकारी दिएको छ।

 घटनास्थलमा पुग्न प्रहरीलाई चार, पाँच घण्टा लाग्ने प्रहरीको भनाई रहेको छ । सदरमुकामबाट घटना स्थल  पुग्न लगभग एक दिनको पैदल दुरीमा रहेको प्रहरीले  जानकारी दिएकाे छ ।

 

 

घटनास्थलमा प्रहरी गएकाले रोकायाकाे सबलाई पोष्ट मार्टम गर्नकाे लागि जिल्ला अस्पताल बाजुरामा ल्याउने प्रहरी जानकारी दिएको छ।