मुगुमा जबरजस्ती करणी गरेको अभियोगमा बुढा पक्राउ

मुगु, माघ १९ ।मुगमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका–१ बस्ने १९ वर्षीय ऐन बहादुर बुढालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।