दश वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

रौतहट, फागुन १२ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर नगरपालिका–५ मठटोल बस्ने ४१ वर्षीय नथुनि साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ती बालिकालाई साहले ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।