विप्लव नेकपाको विद्यार्थी संगठनद्वारा भोली शैक्षिक आम हड्तालको घोषणा

काठमाडौं, फागुन १३ । नेत्र विक्रम चन्द (विप्लव) नेकपाले भाेलि फागुन १४ गते शैक्षिक आमहडतालको घोषणा गरेको छ । विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हडताल सफल पार्न आग्रह गरेको छ ।

 

काठमाडौँ जिल्ला अध्यक्ष डि.बी शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा शैक्षिक हडताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव नेकपाले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

 

फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यवहारको मुद्धा लगाएको छ ।