भ्रमण वर्ष २०२० को प्रचारप्रसार स्थगित

काठमाडौं, फागुन १७ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचार कार्यक्रम स्थगित गरेको जनाएको छ।

 

कोरोना भाइरसले चीन, कोरिया, इटली लागायतका देशमा असर गरेपछी विदेशमा हुने पर्यटन प्रचारप्रसारका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धन थालिएको उनले बताए। कोरोनाकै कारण नेपालको भ्रमण वर्षलाई असर परेको उनले गुनासो गरे ।

 

‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने।

 

परिस्थिती अनुकूल भएपछि र कोरोना त्रास हटेपछि सक्रियताका साथ फेरि भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्ने उनले बताए।