बलात्कार आरोपमा काङ्ग्रेस सभापती जेल चलान

अछाम, फागुन २४ । अछाम जिल्ला अदालतले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजाय अदालतले सुनाएको छ ।   रावल नेपाली कांग्रेसको वडा सभापति हुन् ।

उनले गएको साउनमा एक महिलालाई बलात्कार गरेको आरोप थियो । फैसलाअनुसार रावलले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडित महिलालाई दिनुपर्ने अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिए ।

 

पीडित महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ । यस्तै,१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय सुनाइएको छ ।

 

साथै कुँवरले पीडित बालिकालाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलामा उल्लेख छ ।गएको भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।