विद्युत चोरी गर्ने १७ जना पक्राउ

पर्सा, चैत २ । विद्युत चुहावट विद्युत चुहावट गर्ने १७ जनालाई प्रहरीले पर्साको बिभिन्न स्थानबाट पक्राउ गरेको छ।
बिजुलीको मुख्य तारमा हुक लगाई विद्युत चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

 

सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र विद्युत प्राधिकरण पोखरियाको सँयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

 

विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउपालिकाबाट ९ जना,पटेर्वा सुगौली गाउपालिकाबाट ४ जना, पर्सागढी नगरपालिकाबाट २ जना,बिन्दबासिनी गाउपालिका र बहुदरमाई नगरपालिकाबाट एक(एक जना रहेका छन्।

 

पक्राउ परेका सबैलाई कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।