विप्लवका तिन कार्यकर्ता गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ

काठमाडौं ,चैत, ७  । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो ।

 

महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको   जानकारी दिए ।

 

‘विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। अपराध महाशाखा प्रमुख थापाले भने ।पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।

 

पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।ok,बाट,