चैत ९ गतेदेखि सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द

काठमाडौं, चैत ७ । सरकारले आगामी चैत ९ गतेदेखि सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक बन्द गरिएको जनाएका हुन्।

 

कोरोना भाइरसको संक्रमणको उच्च जोखिम न्युनिकरण गर्न सरकारले उक्त निर्णय लिएको प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै घोषणा गरेका हुन्।