लामो दुरीका सार्वजनिक सवारी चैत १० गतेदेखि चलाउन रोक

काठमाडौं, चैत ७। सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा आज सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

 

कोरोना भाइरसको संक्रमणको उच्च जोखिम न्युनिकरण गर्न सरकारले उक्त निर्णय लिएको प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै घोषणा गरेका हुन्। बस कहिले देखि सञ्चालनमा आउने भन्ने कुरा निश्चित गरिएको छैन।