मेलम्चीका सबै योजना ठप्प, दशैंअघि काठमाडौंमा पानी आउन नसक्ने

काठमाडौं, चैत १३ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।

 

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेका सबै काम रोकेका छौँ ।

 

एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितीमा मेलम्ची खानेपानी आयोजना सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने योजनाअनुसार काम भइरहेको भएपनि कोरोनाका कारण ढिला हुनसक्ने कार्यकारी निर्देशक खत्री बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ।