तीनै तहका सरकार कोरोनाविरुद्ध क्रियाशील

काठमाडौँ, चैत २८ । अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९)फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन गराएका छन् ।

 

नेपालको संविधानले तीन तहको सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्य हुने उल्लेख गरेको छ । अनुसूची ५ देखि ९ सम्मले एकल र साझेदारीका आधारमा तीन तहका सरकारबाट कार्यसम्पादन हुनेगरी अधिकारको बाँडफाँट गरिएको छ ।

 

सङ्घीय र प्रदेश सरकारले कोरोना भाइरसको सङ््क्रमण फैलिन नदिन नीतिगत रूपमा काम गरेका छन् भने स्थानीय सरकारले त्यसको कार्यान्वयन गरिरहेकाले नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नसकेको सङ्घीयता विज्ञ डा। खिमलाल देवकोटाले बताउनुभयो । उहाँले यो चुनौतीको घडीमा स्थानीय सरकारका लागि चुनौती र अवसर दुवै हो, यसलाई उचित रूपमा कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।

 

नेपालले अहिलेसम्म कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ । नेपाल सरकारले समयमै चालेको प्रयासले अहिलेसम्म सङ्क्रमण फैलिन पाएको छैन । सङ्क्रमण फैलिन नदिन तीन तहकै सरकारका संयन्त्रले प्रभावकारी भूमिका खेल्नुपर्छ । महाविपत्तिमा नागरिक नजिकको सरकार भएकाले स्थानीय सरकारको भूमिका थप महìवपूर्ण हुन्छ । गोरखापत्र दैनकिमा खबर छ।