लकडाउनबारे हाम्रो सरकारसँग उचित अध्यान नै छैन! यो त् अन्य बिकसित राष्ट्रहरुले अपनाएको मोडेलको सिको मात्र हो ?

अमृत बहादुर शाही

आज लकडाउन भएको २५ दिन पुग्दा पनि सरकारबाट लकडाउन भनेको के हो यसको उचित व्यवस्थापन र संचालन कसरी गर्ने भन्ने बारेमा पूर्ण रुपमा सरकारले प्रष्टरुपमा सबैसामु जानकारी दिन सकेको छैन। सरकारको निर्णयप्रति न नागरिकहरु जागरुक छन् ,न सुरक्ष्याकर्मीहरुले,न स्वास्थ्यकर्मीहरुले,न संचारकर्मीहरु ,न कर्मचारीहरु,न ब्यापारीहरु,न प्रदेश सरकार,न स्थानीय सरकार सबै निकायहरु पूर्ण रुपमा जागरूक छैनन् ।

अझै यो किस्ता- किस्ता लकडाउनको निर्णयले गर्दा कैले प्रहरीले नागरिकलाई कुटेको समाचार बन्छ भने कहिले स्वास्थ्यकर्मी कुटेको समाचार बन्छ। यो दुखद र सरकारको नीति कम्जोर रहेको भन्ने कुरा प्रस्टै बुझिन्छ यी सबै विषयसबैको एक आपसमा एक्दम महत्वपूर्ण भूमिका भएकाले सबैको लागि लागु हुनेखालको नीति र नियम प्रष्ट पारेर सो अनुसारको कानुननि प्रक्रिया अगाडी बढाएर कुटनीतिक खालको रणनीति बनाउनुपर्छ।

लकडाउन भनेको आफु लक भएर घरमै सुरक्षित भएर बस्ने हो र सरकारले आफु सुरक्षित भएर आम नागरिकको सुरक्षित गर्ने कर्तब्य हो तर यँहा सरकारबाट कुनै राज्यनीतिको रणनीति देखिदैन सरकारसंग उचित अध्यान छैन। यो त् अन्य बिकसित रास्ट्रको मोडेलको सिको मात्र गरेर निर्णय गरेको देखिन्छ सिक्नु त्  जरुरि छ तर आफ्नो देशबारे अध्यन गरेर यसको स्वरूप हेरेर निर्णय नगर्नाले धेरै समस्या भोगनु परेको छ ।जनताको करबाट जनताले डिउटी गर्नुस भनेर पठाएको हो। यो बेला सरकारले आफ्नो योग्यता देखाउने बेला हो। राज्यकाका सम्पूर्ण नागरिकहरुकाे लागि सरकारले लागु गर्नु पर्ने मेरा केही सुझाबहरु यस्ता छन्

१.परिचणको दायरा कम भएकाले यो काम सुपर फास्ट बढाउनु पर्छ र लकडाउनको भरपुर सदुप्रयोग गर्नुपर्छ २ .दिनहु किनेर खानुपर्ने समानमा प्रतेक दिन कलोबाजारी भएको छ, यहा सरकारले सबै पसललेहरुलाइ सबै समानको मूल्यसुची राखेर मात्र बेच्न निर्देशन दिनुपर्छ ३.बाटोमा हिडेर घर जाने नगरिकलाइ संचारकर्मीले देख्छ तर सरकार किन देख्दैन गृहमन्त्रालय भन्छ भेट्ने लाइ मुद्दा चालु गर भन्छ यो वर्ग रहरले होइन बाध्यताले हिडेको भन्ने बुजेर उचित व्यवस्थापन गरिनुपर्छ र सबैलाइ Quarantine मा राखेर परिचण गर्नुपर्छ ४.विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न नसकेको हुनाले सबैको उचित व्यवस्थापन गरेर स्वदेश फर्काउनु राज्यको पहिलो दाहित्व  हो र यो समस्या सुदुरपश्चिममा अत्यन्त भारि रुपमा देखिएको हुनाले सरकारको तर्फबाट यसको कुटनीतिक पहल सुपर फास्ट गरिनुपर्छ ५.कुहिएको राहत वितरण गरेको स्थानमा कडाइका साथ् निगरानी गरेर गुणस्तर राहत उपलब्ध गराउनु सरकारको कर्तब्य हो र यस्तो काम नदोहोरिनाका लागी कडा निर्देशन दिनुपर्छ र पालना नभए नागरीकको स्वास्थ्यमाथि खेलबाड गर्नेलाइ कडा भन्दा कडा कारबाही गरिनुपर्दछ ६.नगरिकहरु अत्ति आवश्यक चीजहरु किन्न बाहिर निस्किनै पर्छ भिडभाड बडी देखिएकाले सामाजिक दुरी कायम गरेर मात्र अत्ति- आवश्यक बस्तुहरु किन्न अपिल गर्नु पर्छ र यसको पालना गर्नु सबैको कर्तब्य हो भन्ने महसुस गराउनु पर्छ ७.सातै ओटा प्रदेशमा स्वास्थ्य सामंग्रीको उचित व्यवस्थापन गर्नुपर्छ र दिनरात नभनि अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु ,सुरक्ष्याकर्मीहरु र संचारकर्मीको उचित व्यवस्थापन गरिनुपर्छ। अन्त्यमा सरकार लकडाउन गर्न सजिलो छ! बैठक बसे जसो गर्यो अनि निर्णय गर्यो के फरक पर्छ र खाना पकाउने मान्छे छदैछन् अनि राशनपानि देश र जानताको पसिनाले चलेकै छ। डेढ लाखको पलंगमा बिस्तारा लगायो अनि अनेक अन्तरास्ट्रिय मेडियाको समाचार हेर्यॊ अनि एक हप्ता पछि किस्ता किस्ताको लकडाउन थप्यो अनि ढुक्क भयो अब पनि सरकारबाट यस्तो काम भयो भने पनि तपाइ हामी सबैजना घरमा सुरक्षित भएर बस्नुहोला,सरकारको भर नगर्नुहोला किन भने सरकारको बलियो निर्णय र नागरिकको बलियो साथबाट मात्र हामीले यो संकटलाइ जित्न सक्छौ “सबै मिलेर यो महामारी विरुद्ध लडौ,बिश्वो शान्तिको लागि कामना गरौ।