नरहरिनाथ गाउँपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा आज देखि आरडिटी जाँच सुरु

 कमल कोपिला

कालिकोट,बैशाख ५ । पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा कोरोना संक्रमित दिनानुदिन भेटिएपछि कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि आज देखि पहिलो चरणको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण सुरु भएको छ।

 

आज देखि पहिलो चरणमा भारत तथा अन्य देशबाट आएका सबै ब्यक्तिहरुलाई चेकजाँच गरिने र पहिलो चरण सकिए लगत्तै देशका विभिन्न ठाउँ बाट आएका सबैलाई चेकजाँच गर्ने गरि आरडिटि जाँच प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउमा चेकजाँच सुरु भैइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउका ईन्चार्ज जितेन्द्र महत्तोले जानकारी दिनुभएको छ।