फेसबुक मार्फत कोरोना सङ्क्रमण भेटियो भन्दै अफवाह फैलाउने पक्राउ

ईलाम, वैशाख ७ । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका वडा नं. ७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

सन्दिपले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।