राजनीतिक दल र नेताप्रति सर्वसाधारण आक्रोशित

काठमाडौं,बैशाख ८ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाममा जुटेका राजनीतिक दल र नेताप्रति सर्वसाधारणको आक्रोश बढ्दै गएको छ ।

 

घर जान नपाएको, राहत वितरणमा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै सर्वसाधारण आक्रोशित भएका हुन् ।
लकडाउनमा सबैभन्दा बढी दैनिक ज्यालादारीका मजदुर, विद्यार्थी, गरीब, असहाय, विपन्नलगायत सबैभन्दा बढी बनेका छन् ।

 

रौतहट माधवनारायण नगरपालिका–६ माधवपुर घर भई काठमाडौंमा बस्दै आएका विद्यार्थी नागेन्द्र यादव लकडाउनका कारण घर जान नपाएको बताउ“छन् । पर्याप्त समय नदिएर सरकारले लकडाउन घोषणा गरेपछि घर जान नपाएर काठमाडौंमै बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

 

‘सरकारले गत १० चैतमा निर्णय गरेर ११ चैतबाटै लकडाउन लागू ग¥यो, अनि कसरी घर जाने रु’ यादव भन्छन्, ‘तर, त्यही सरकारले राहत बा“ड्नेलगायत निर्णय गर्दा कार्यान्वयन गर्दैन, यहाँ बस्न गाह्रो भइसक्यो ।

 

वर्षौंदेखि काठमाडौंमा तरकारी बेच्दै आएका बारा प्रसौनी गाउँपालिकाका–६ बेलहियाका लक्ष्मी साहको समस्या पनि उस्तै छ । लकडाउनमा निस्किन नपाएको गुनासो गर्दै उनले जीवन धान्न गाह्रो भएको बताए । व्यापार पनि नहुने, चुल्लो बाल्नै नसकिने अवस्थामा पुगिसकेको बताउने उनी राजनीतिक दल र नेताप्रति आक्रोशित देखिए ।

 

‘सरकारले लकडाउन गरेपछि घर जाने व्यवस्था गर्नुपथ्र्यो तर त्यो पनि गरेन,’ साहले भने, ‘दैनिक पेट कसरी पाल्ने रु त्यो चिन्ता हुन थालिसक्यो । नेताहरू घोषणामात्रै गर्छन्, राहतको नाममा एकसुको केही पनि पाएका छैनौं ।

 

काठमाडौंबाट घर जान नपाउनेले राजनीतिक दलका नेताप्रति आक्रोश व्यक्त गर्दैगर्दा उता विभिन्न स्थानीयतहमा राहत वितरणको नाममा भइरहेको अनियमितता, भ्रष्टाचार तथा मनपरी शैलीविरुद्धसमेत सर्वसधारण आक्रोश पोखिरहेका छन् ।

 

बारा कलैया उपमहानगरपालिकामा सडेको दाल राहत वितरणक्रममा बा“डेको भन्दै सर्वसाधारण आक्रोशित छन् । लकडाउनका कारण गरीब, मजदुर, किसान तथा अति विपन्न परिवारलाई खाद्यान्न समस्या छ ।

 

कलैया उपमहानगरले वितरण गरेको खाद्यान्न गुणस्तरहीन रहेको पुष्टिसमेत भइसकेको छ । गत २ वैशाखमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले त्यसको नमुना परीक्षण गर्दै कलैया उपमहानगरद्वारा वितरित दाल गुणस्तरहीन भएको पुष्टि गरेको हो ।

 

कलैया उपमहानगर प्रमुख राजेश राय यादवमाथि आफ्नै यादव कोल्डस्टोरमा रहेको सडेको दाल नगरपालिकाभर वितरण गरेको आरोप छ ।राजधानी दैनिकमा खबर छ।