आजको मौसम मेघगर्जन,चट्याङ्ग,हावाहुरी रअसिनासहित वर्षा हुने

काठमाडौं, बैशाख ११ । मौसम पूर्वानुमानमा महाशाखाले देशभर हाल स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।

 

देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिनासहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ११ गते बिहिबार 

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १२ गते  शुक्रबार 

दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिनासहित वर्षाको सम्भावना रहेको छ।पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

 

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १३ गते  शनीबार 

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।देशका मध्य र पश्चिमका पहाडी भू-भाग र पुर्वी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।