ईटाभट्टाका मजदुरहरुलाई क्रान्तिकारी ट्रेड युनियन महासंघको पहलमा राहत वितरण (फोटो फिचर )

 

 – विष्णु आले 

 काठमाडौं,बैशाख १६। भूपू तथा बहालवाला सिङ्गापुर गोर्खाज अन एन्ड सकस कोभिड १९ राहात वितरण समितिले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको पहलमा ईटाभट्टाका मजदुरहरुलाई राहत वितरण गरेको छ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरकी अध्यक्ष निशा राईका अनुसार ललितपुरको वडा नं–२८ अन्तर्गत तारा ईटाभट्टामा कार्यरत लकडाउनमा खान नपाएका १०४ मजदुरहरुलाई चामल, दाल तेल लगायत खाद्य सामग्री राहातको रुपमा वितरण गरिएको हो ।


जिल्ला अध्यक्ष निशा राईले सरकारले पीडित मजदुरहरुप्रति वेवास्ता गरिरहेकोले संगठनले पहल गरी पीडित मजदुरहरुलाई राहत बितरण गरेको बताइन् । राहत पाएपछि मजदुरहरु खुशी भएका छन् । भट्टा मजदुरहरुको समस्या बुझ्न भट्टा मजदुर भई काम गर्नुपर्ने राईले आफू विगतमा ईटा भट्टामा काम गर्दै आएको समेत बताइन् ।


सरकारले सरकारी निकाय मार्फत राहात बाँडे पनि उपत्यकामा अधिकांश ईट्टा भट्टा र निर्माण मजदुरहरुले राहात नपाएको गुनासो गरिरहेका छन्। लकडाउन सुरु भए यता यो संस्थाले १२ सय बढी पीडितहरुलाई सहयोग गरिसकेको जानकारी दिएकाे छ।