दर्शन : लेनिनवाद के हो ?

हस्तबहादुर के.सी.

माक्र्सवाद एक वैज्ञानिक सिध्दान्त हो ।माक्र्सवाद गतिशील सिध्दान्त हो । माक्र्सवाद समय र परिस्थिति अनुसार अन्धनक्कल गरेर होइन ,सिर्जनात्मक विकास , प्रयोग रक्षा गर्दै अगाडि बढाउनु पर्ने सिध्दान्त हो । त्यसो भएर नै आज माक्र्सवादले आफ्नो सिर्जनात्मक गुणात्मक विकासको क्रममा पहिलो चरणमा माक्र्सवादको विकास , माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको सिर्जनात्मक रुपमा विकास भैसकेको छ । र माक्र्सवाद निरन्तर सिर्जनात्मक विकासको गतिमा अगाडि बढिरहेको वैज्ञानिक सिध्दान्त हो । यो मानव जीवनमा पुष्टि पनि हुदै आएको छ ।

माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । माक्र्स – एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भए पश्चात् अर्थात् माक्र्स – एंगेल्सको समयाबधि पश्चात् पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्न पुग्यो । त्सस विश्व परिस्थितिमा पुँजीवादले साम्राज्यवादमा प्रवेश गरेको अवस्थाको विश्लेषण र संश्लेषण गर्नु परेको अवस्था , त्यस अनुरुप उत्पादन शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुदै जानु र त्यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उँचाइमा विकास गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवाद जन्मिएको हो ।
लेनिन (१८७० – १९२४ ) लेनिनवादका प्रतिपादक हुनुहुन्छ ।

पुँजीवादले साम्राज्यवादमा प्रवेश गरिसकेको अवस्थामा प्रकृति विज्ञानमा पनि प्रचुर मात्रामा विकास हुदै जानेक्रममा इलेक्ट्रोनको खोज भयो । त्यस्तै सापेक्षवादको सिध्दान्त प्रकाशमा आयो ।तसर्थ त्यस प्रकारको स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरुले पदार्थ लोप भयो भन्दै भौतिकवादमाथि प्रहार गर्न थालेका थिए । अत: एकातिर त्यस प्रकारको स्थिति पैदा हुनु र अर्कोतिर साम्राज्यवादको जन्मेको कारण मजदुर आन्दोलनमा अभिजात वर्गको प्रादुर्भावबाट संशोधनवादको जन्म हुन पुगे पछि त्यसले माक्र्सवादको गंभीर प्रकारले तोडफोड गर्न थालेको गंभीर स्थिति पैदा हुन गयो।

त्यस प्रकारको गंभीर परिस्थितिमा साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै माक्र्सवादको रक्षा गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने ऐतिहासिक आवश्यकताको परिपुर्ति गर्ने महान् लक्ष्य र उध्देश्येका बिचबाट लेनिनबाट लेनिनवादको प्रतिपादन हुन पुग्यो।

र, त्यस विश्व परिस्थितिमा लेनिनबाट लेनिनवादको प्रतिपादन भैसके पछि माक्र्सवाद – लेनिनवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शन ( मार्गदर्शन ) सिध्दान्त बन्न पुग्यो । दर्शन ,सिध्दान्त , विचारधारा र राजनीतिका क्षेत्रमा लेनिनको यो योगदान रहयो भने लेनिनले संगठनात्मक क्षेत्रमा पनि अतुलनीय योगदान थप्नु भयो।

लेनिनले संगठनात्मक क्षेत्रमा गरेको थप विकासलाई लेनिनवादी जनवादी केन्द्रीयताको संगठनात्मक सिध्दान्त भनिन्छ । जस्तो – तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने , सम्पूर्ण पार्टी सदस्य केन्द्रीय कमिटीको मातहतमा रहने , तलबाट जनवाद , माथिबनट केन्द्रीयताको सिध्दान्त र केन्द्रीय कमिटी महाधिवेशनको अधिनमा रहने संगठनात्मक सिध्दान्त र कमिटी प्रणालीलाई लेनिनवादी संगठनात्मक सिध्दान्त भनिन्छ।

यसरी लेनिनले माक्र्सवादको ज्ञान भण्डारमा थप योगदान गरेर माक्र्सवादलाई समृद्ध तुल्याउनु भयो ।
त्यसै क्रममा लेनिनले सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ पात्रो अनुसार सन १९१७ नोभेम्बर ७ ) मा आफ्नै नेतृत्वमा रुसमा पुँजीवादी जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नु भएको थियो ।
साथै यसै प्रक्रियामा लेनिनले सन १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गरेर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै त्यसको सफल नेतृत्व समेत प्रदान गर्नु भएको थियो ।

लेनिनद्वारा लेनिनवादको प्रतिपादन भए पश्चा वास्तवमा लेनिनवाद के हो ? भन्ने विषयमा स्टालिनले भन्नु भएको छ , ” लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यत: सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषतः वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकतन्त्रको सिध्दान्त र कार्यनीति हो । ” , लेनिनवादका आधारहरु – स्टालिनका छानिएका रचनाहरु पृष्ठ ९० ,पैरवी प्रकाशन , काठमाडौं , नेपाल , २०६४ ।

यसै परिपेक्षमा लेनिनवादी सिध्दमन्त , विश्दृष्टपकोण र शिक्षाबारे कमरेड माओ त्सेतुङले भन्नु भएको छ , ” लेनिनवादको सिध्दान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथमतः विश्वदुष्टिकोणमा , भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय , क्रान्तिकारी सिध्दान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष ,सर्वहाराको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् ।” -Selected Works Of Mao TseTung Vol. V , p. 341-342 , Foreign Languages Press Peking First Edition , 1977 .
यस अतिरिक्त लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दार्शनिक मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नु भएको छ ।

लेनिनले भँडुवा विकासवादका विरुद्ध संघर्ष गरी द्वन्द्ववादको विपरितहरुको एकता र गुणात्मक छलाङ्गको सिध्दान्तमा नयाँ आयाम थप्नु हुदै वहाँले द्वन्द्ववादी पध्दतपको व्याख्या , विश्लेषण र परिमार्जन गरी त्यसमा अग्रिम विकास र मूतिकरण समेत भएको छ ।

लेनिनले द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिध्दान्तमा प्रतिबिम्बनको सिध्दान्त , ज्ञानको वक्रता तथा बहुविधताबारे कैयौं नयाँ कुराहरुको उजागर गर्नु भएको छ ।

लेनिनले दार्शनिक फाँटमा ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यन गर्ने आत्मपरतावाद , चेतनाको भूमिकालाई नकार्ने स्वत:स्फूर्तावाद , जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद , सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिध्दमन्तको पूजा गर्ने संशोधनवादका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियो ।

लेनिनले साम्राज्यवादको सारतत्वलाई एकाधिकार पुँजीवादका रुपमा औल्याउदै सर्वहारा क्रान्तिको सिध्दान्तलाई विकसित गर्ने , सर्वहारा अधिनायकत्वको सिध्दमन्तलाई परिमार्जित गर्ने , साम्राज्यवादको युगमा युध्दको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रुपमा सैधान्तिककरण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ।

यसक अतिरिक्त माक्र्सवादी – लेनिनवादी विशदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासंग गाँस्ने ,वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरुको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्वितीय रहेको कुरा साश्वत छ । यसरी लेनिनवमदलाई समग्रतामा ग्रहण गर्न सकिन्छ।