मजदुर दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराका नेता शाहीको पहलमा मजदुरलाई राहात वितरण

थुमराज उपाध्याय –

काठमाडाै,बैशाख १९। मजदुर दिवसको अवसरमा नेपाली काङ्ग्रेस बाजुराका नेता तथा महासमिति सदस्य पदम बहादुर शाहीको पहलमा राजेन्द्र थापा, बिक्रम थापा लगाएत तरुण दल बाजुराका नेता तथा युवा व्यवसायी सरोज शाही ने बि संघ बाजुराका नेता तथा युवा व्यावसायिक थुमराज उपाध्याय ने बि संघ बाजुराका नेता अमृत शाही युवा व्यवसायि खडगराज जोशी लगायतका नेताहरूले सहयोग गरेर काठमान्डौमा अलपत्र परेका १०० जना मजदुरलाई प्रति व्यक्ति १० केजि चामल २ केजि दाल लगायतका अन्य खाद्यान्न सामाग्री पनि वितरण गरिएको छ ।

 

गरिबीका कारण बाजुरा जिल्लाबाट काठमाडौंमा सम्म मजदुरी गर्न आनु भएका हाम्रा मजदुर दाजुभाइलाइ यो लकडाउनको समयमा केही राहात हुन्छकी भन्ने मनसाएले हामीले सानो भए पनि सहयोग गरेको  थुमराज उपाध्यायले  जानकारी दिएका छन्।

 

हामीले बाजुराका विभिन्न स्थानीय तहबाट काठमान्डौमा ज्यालादारी गरि रहेका मजदुरलाई राहत वितरण गरेका छौ तर अहिलेको यो विषम परिस्थितीमा स्थानीय सरकारले मजदुरी गर्ने जिल्ला बाहिर रहेका मजदुरको लागि बिषेश राहात प्याकेज ल्याउनु पर्नेमा हामी सबै स्थानीय सरकार सँग माग पनि गर्दछौ । आज मजदुर दिवस, देश विदेशमा रहेर मजदुरी गर्ने सम्पूर्ण मजदुरहरूलाइ शुभकामना ।