विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ४८ हजार भन्दा बढी ,संक्रमित ३५ लाख ६२ हजार माथि

 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम रोकिएको छैन ।

यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३५ लाख ६२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको छ ।

कोरोनाको केन्द्र बनेको अमेरीकामा कुल मृतकको संख्या ६८ हजार नजिक पुगेको छ । संक्रमितको संख्या पनि ११ लाख ५६ हजार पार भएको छ ।

यूरोपेली देश ईटाली , स्पेन , फ्रान्स र बेलायमा दैनिक मृत्युदरमा केही कमी आएको छ ।

ईटाली र स्पेन, फ्रान्समा एक दिनमा दुई सय भन्दा कम दरले मृत्यु भएको देखिएको छ ।

 

ईटालीमा मृत्यु हुनेको संख्या २८ हजार ८ सय ८४ पुगेको छ भने संक्रमितको संख्या २ लाख १० हजार बढी भएको छ ।

 

त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार ४ सय ४६ पुगेको छ । संक्रमित एक लाख ८६ हजार ५ सय ९९ पुगेको छ ।

स्पेनमा मृतकको संख्या २५ हजार २ सय ६४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४७ हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २४ हजार ८ सय ९५ भएको छ भने करीब १ लाख ६८ हजार ६ सय ९३ संक्रमित भएका छन् ।

जर्मननीमा मृतकको संख्या ६ हजार ८ सय ६६ पुगेको छ भने संक्रमित एक लाख ६५ हजार ६ सय ५४ पुगेको छ ।

रुसमा संक्रमितको संख्या एक लाख ३४ हजार ६ सय नाघेको छ भने मृतकको संख्या १ हजार २ सय ८० पुगेको छ ।

स्तै टर्कीमा संक्रमितको संख्या एक लाख २६ हजार पुगेको छ भने ३ हजार ३ सय ९६ जनाको मृत्यु भएको छ ।

 

ब्राजिलमा मृतकको संख्या ७ हजार २५ पुगेको छ भने संक्रमितको स।ख्या पनि एक लाख एक हजार पार भएको छ।

ईरानमा मृतकको संख्या ६ हजार २ सय ३ पुगेको छ भने संक्रमित ९७ हजार ४ सय २४ पुगेको छ ।

क्यानडामा मृतकको संख्या ३ हजार ६ सय ८२ पुगेको छ भने संक्रमित ५९ हजार ४ सय ७४ भएको छ ।

यसै गरी छिमेकी भारतमा पछिल्लो २४ घण्टामा २८ सय भन्दा बढी संक्रमित थपिएर ४२ हजार ५ सय ५ पुगेको छ भने १ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।

यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २० हजार माथि पुगेको छ भने मृतकको संख्या ४ सय ५७ पुगेको छ ।एजेन्सी ,