२२ जिल्लामा फैलियो कोरोना, कुनमा कति संक्रमित

काठमाडौँ, जेठ १ । नेपालमा यो समाचार तयार पर्दासम्म कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्र रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।

 

मन्त्रालयका अनुसार रुपन्देहीमा ९ पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष, १ महिला र नवलपरासीमा १ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपालमा हालसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म पिसिआर विधि १८ हजार ९ सय ९० जनामा कोरोना परिक्षण गरिएको छ।

 

अहिलेसम्म कोरोना संक्रमण २२ जिल्लामा पुगिसकेको छ । हालसम्म पर्सामा सर्वाधिक ८५ जनामा संक्रमण, ४ जना सुरक्षाकर्मी, २ जना पत्रकार र १ जना नर्स पनि कोरोनाबाट संक्रमित भइसकेको छ ।

हेर्नुस् कुन जिल्लामा कति ?
१. पर्सा ८५

२. रुपन्देही २८

३. उदयपुर ३२

४. कपिलवस्तु ३८

५. बाँके २५

६. काठमाडौं ४

७. धादिङ २

८. कैलाली ४

९. बारा ३

१०. धनुषा ३

११. रौतहट ३

१२. बाग्लुङ २

१३. चितवन २

१४. झापा २

१५.महोत्तरी २

१६. भक्तपुर २

१७. बर्दिया १

१८. भोजपुर १

१९. कञ्चनपुर १

२०. नवलपरासी (पश्चिम) १

२१. सप्तरी १

२२. सर्लाही १