सतुंगलस्थित शसस्त्र प्रहरीका एकजना जवानमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाण्डौ,जेठ १ ।काेराेना भइरस (काेभिड १९) सुरक्षाकर्मीमा पनि देखिन थालेपछि अब नेपालमा पनि खतराकाे बढ्दै गएकाे छ । आज चन्द्रागिरि नगरपालिका १२ सतुंगलस्थित सशस्त्र क्याम्पमा कार्यरत एकजना जवानमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि बुधबार चन्द्रागिरि ९ मा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि काठमाडौं आएका थिए । ती दुईसहित आठ जना गत वैशाख २९ गते कञ्चनपुरबाट प्राइभेट गाडीमा काठमाडौं आएका थिए ।

‘तीमध्ये अहिलेसम्म दुई जनाकाे मात्र कोरोना पुष्टि भएको छ,भने चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले भने अरूको काेराेना जाँच गर्न बाँकी रहेको उनले जानकारी दिए।

३२ वर्षीय ती शसस्त्र प्रहरी जवान आएलगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका थिए । अहिले उनको सशस्त्र प्रहरी अस्पताल सतुंगलको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।