नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ३५७ पुग्यो

नेपालगञ्ज,जेठ,५ ।नेपालमा थप ४७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

बाँकेकाे भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला रहेकाे जानकारी दिएकाे छ।

 

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।
याे सँगै कुल संक्रमितको संख्या ३५७ पुग्याे ।