नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक

 

काठमाडौं,जेठ,७  ।नेपाल सरकारले आज नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले  आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन्।नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ।

यसघि छुटेकाे जमिन नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र समेटेर त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

 

अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन् ।सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उनले आग्रह गरेकी छन् ।