एमसीसीको विरोधमा लेखक साहित्यकार: नेपाललाई शक्ति राष्ट्रको रणमैदान हुनबाट जोगाउँ !

काठमाडाैं,जेठ ७। सरकारले संघीय संसदको अघिल्लो अधिवेशन बाट पास गराउन खोजिएको यद्यपि देशभक्त नेपाली जनताको चर्को विरोधका कारण रोकिएको अमेरिकी सैन्य रणनीति अन्तरगतको एमसिसी अर्थात मिलेनियम च्यालेन्ज कमप्याक्टलाई पास गर्ने र लागू गर्ने रणनीति अख्तियार गरे सँगै उक्त सरकारी कदमको देशव्यापी विरोध शुरु भएको छ ।यहि शिलशिलामा नेपालका ७८ जना लेखक साहित्यकारहरुले आज एक सयुंक्त विज्ञप्ति जारी गर्दै उक्त सरकारी कदमको सशक्त विरोध गरेका छन । नेपाललाई शक्ति राष्ट्रको रणमैदान हुन र विद्युतिय उर्जाको स्वामित्व बहुराष्ट्रिय कम्पनीको हातमा जानबाट जोगाउँ! भन्दै लेखक साहित्यकारहरु यसको चर्को विरोधमा उत्रिएका छन । विज्ञप्तिमा भनिएको छ ” एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा हुनुका साथै नवउदारवादी आर्थिक रणनीति हो । यो नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाधीनताको विरुद्धमा छ । हामी तमाम लेखक तथा संस्कृतिकर्मीहरू एकताबद्ध भई यसका विरुद्धमा सशक्त प्रतिरोध गर्न जनसमुदायमा आह्वान गर्दछौँ । साथै, संसदबाट किमार्थ अनुमोदन हुन नदिनका निमित्त प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।

विज्ञप्ति जारी गर्ने लेखक तथा साहित्यकारहरुमा:

१. निनु चापागाईं २. प्रा. डा. जगदीश चन्द्र भण्डारी ३. रोशन जनकपुरी ४. इस्माली ५. आहुति ६. डा. कृष्णराज अधिकारी ७. नवीन विभास ८. प्रा. डा. नन्दीश अधिकारी ९. हीरामणि दुःखी १०. खेम थपलिया ११. प्रा. डा. कृष्ण बेलबासे १२. कर्णबहादुर थापा १३. कुमार थापा १४. प्रा. श्रीधर अधिकारी १५. डा. रामप्रसाद ज्ञवाली १६. लोकराज रेग्मी १७. तक्मा के. सी. १८. मोदनाथ मरहट्टा १९. विष्णु भण्डारी २०. बलराम तिमिल्सिना २१. सङ्गीत स्रोता २२. विनोदविक्रम के. सी. २३. राजु स्याङ्तान २४. डा. सुकुम शर्मा २५. यादवराज उपाध्याय २६. प्रा.डा. ताराकान्त पाण्डेय २७. परशुराम कोइराला २८. नुमराज बराल २९. पोषराज पौडेल ३०. भीम रानाभाट ३१. सीता शर्मा ३२. गौरी दाहाल ३३. शोभा दुलाल ३४. राजेश बान्तवा ३५. डा. विदुर वस्ती ३६. प्रभात सापकोटा ३७. पूर्णबहादुर अधिकारी ३८. छायादत्त न्यौपाने ३९. देवेन्द्र लम्साल ४०. रविकिरण निर्जीव ४१. ईश्वरी ओझा ४२. अनिल श्रेष्ठ ४३. हुकुमबहादुर सिंह ४४. उमेश आचार्य ४५. कल्पना चिलुवाल ४६. कृष्णहरि भट्ट ४७. चन्द्रा थानी ४८. पञ्चकुमारी परियार ४९. विष्णु न्यौपाने ५०. वसन्त बोगटी ५१. असल पाख्रिन ५२. जय दाहाल ५३. इन्द्र राउत ५४. सुनिता बुढाथोकी ५५. चित्रनारायण थारू ५६. नारायण मरासिनी ५७. बन्दना ढकाल ५८. शीला योगी ५९. खगेश्वर भण्डारी ६०. प्रकाश खनाल ६१. कमल निओल ६२. राजेन्द्र पौडेल ६३. सिर्जना ढकाल ६४. इन्दिरा अधिकारी ६५. ईश्वरी गुरागाई ६६. विष्णु नेम्बाङ् ६७. खोमा तरामु मगर ६८.कला अनुरागी ६९. शकुन्तला जोशी ७०. विकास लुङ्गेली ७१. काजी गाउँले ७२. युग पाठक ७३. केदार श्रेष्ठ ७४. शैलज पौडेल ७५. प्रतिमा पोखरेल ७६. रेशम विरही ७७. कुमार मरहट्टा ७८. मित्रलाल पंज्ञानी सहित रहनु भएको छ ।

यस्तो वक्तव्यको पूर्णपाठ :

“नेपालको सङ्घीय संसदको अघिल्लो अधिवेशनमै अनुमोदन गराउन खोजिएको तर देशभक्त नेपाली जनताहरूको चर्को विरोधका कारणबाट रोकिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को नाम उल्लेख नगरीकनै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रवेश गराएर संसदमा प्रस्तुत गरेको छ । यसरी षडयन्त्रपूर्वक चोरबाटोबाट संसदमा पुर्याई एमसीसी पास गर्ने राष्ट्रघाती प्रपञ्च आपत्तिजनक छ । भारतद्वारा अतिक्रमित भूमिलाई समावेश गरी नक्सा सार्वजनिक गर्ने निर्णयमा जनसमर्थन जुटिरहेको मेसोमा अर्को खतरनाक संझौता कार्यान्वन गर्ने चालबाजी सह्य हुन सक्तैन । एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा हुनुका साथै नवउदारवादी आर्थिक रणनीति हो । यो नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाधीनताको विरुद्धमा छ । हामी तमाम लेखक तथा संस्कृतिकर्मीहरू एकताबद्ध भई यसका विरुद्धमा सशक्त प्रतिरोध गर्न जनसमुदायमा आह्वान गर्दछौँ । साथै, संसदबाट किमार्थ अनुमोदन हुन नदिनका निमित्त प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ– ‘नेपाललाई शक्तिराष्ट्रको रणमैदान हुनबाट तथा विद्युतीय ऊर्जाको स्वामित्व बहुराष्ट्रिय कम्पनीको हातमा जानबाट जोगाऊँ ।