नेपालमा चौथो व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि

सांकेतिक तस्वीर

काठमाडौं,जेठ १२ ।नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको छ। 

 

बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो ।