कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

सांकेतिक तस्विर

सुर्खेत,जेठ,१७ । नेपालमा कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ ।दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको काेराेना पाेजेटिभ देखिएकाे छ।

 

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हाे।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जानकारी दिएकाे छ।  

 

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट नेपाल फर्किएका थिए ।याे सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।