लकडाउन जेठ ३२ सम्म लम्ब्याउने,आवश्यक ठाउँमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,जेठ, १७ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

 

शनिबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ।विज्ञहरुसँग परामर्श गरेर लकडाउनको मोडालिटी हेरफेर हुन सक्ने निर्णय ।  साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गते सम्म बन्द हुने ।

 

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।