कोरोना संक्रमित थप ६० जनामा पुष्टि

 वीरगञ्ज,जेठ,१८ । प्रदेश २ मा थप  ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित थपिएका छन् ।उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

 

रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन ।

 

त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् ।