कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत,जेठ,१९ । कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो।

 

थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखाले जानकारी दिएकाे छ।

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका-३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं.१, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन्।

 

नयाँ पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ । आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।