कोरोना भाइरसले नेपाली कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव !

 
पाँच महिना पहिले चीनको वुहानबाट उत्पन्न भएर विश्वभर मानव संहारकारी महामारीका रुपमा फैलिएको विश्व   मानव संहारकारी कोरोना भाइरस ( COVID – 19) ले विश्व मानव सभ्यतामाथि नै गंभीर चुनौती खडा गरेको छ । यो आलेख लेख्ने बेलासम्म  २१३ मुलुक २ पानी जहाजमा गरी ६५लाख ६७ हजार ६९० जना संक्रमित भएका छन् । यो आलेख लेख्ने बेलासम्म  विश्वभर ३ लाख ८७ हजार ८९९ जनाले ज्यान गुमाई सकेका छन् ।
 
त्यस्तै विश्वभर ३० लाख ८६ हजार ७२४ जनाको विश्व का बिभिन्न अस्पतालहरुमा उपचार भइरहेमा ५४ हजार ५४८ जनाको अवस्था गंभीर छ भने ३० लाख ५ हजार २५७ जना संक्रमण मुक्त भइसकेका छन् ।
 
अत: यो आलेख तयार पार्नेे बेलासम्म  भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भइसकेको छ भने २० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भइसकेका छन् ।
 
त्यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार   १४६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगिसकेको छ ।त्यस मध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भइसकेका छन् ।
 
 त्यस्तै एशियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० संक्रमणमुक्त भइसकेका छन् ।
 
 त्यस्तै दक्षिणी अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।
 
 त्यस्तै अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित भएका छन् र संक्रमित मध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको भने ८ हजार ८३१जना संक्रमित भएकोमा ८ हजार २०८जना संक्रमण भएका छन्  ।
 
 त्यस्तै आजसम्म नेपालमा पनि २३०० जना संक्रमित भएकोमा ९ जनाको मृत्यु भइसकेको छ भने २८८ जना संक्रमणमुक्त भएको भए पनि संक्रमण अझै भयावह हुन सक्ने र नेपाली जनताले ठूलो क्षति ब्यहोर्नु पर्ने संभावना बढेर गएको छ ।
 
  किनभने केपी ओली नेतृत्वको सरकार दलाल सरकार भएकोले यो जनताको हित गर्ने सरकार होइन र गर्नै चाहेर पनि गर्न सक्तैन । किनभने दलाल सरकारको काम मालिकको चाकडी र दलाली गर्ने , सेवा गर्नमै ठिक्क हुन्छ र दलाल सरकार जनताको लागि रमिते सरकार हुन्छ । आज त्यही भएको छ ।
 
 ओली नेतृत्वको सरकारकोो क्रोरोना भाइरस ( COVID – 19 )  को संक्रमण र जोखिम  दलाल सरकारकै जनताको बेजिमेवारीबाट पन्छिने भएकोले कोरोना  भाइरसका कारण देश र जनताको ठूलो क्षति हुने संभावना प्रबल छ ।अहिलेसम्मकै अवस्थालाई हेर्ने हो भने शुरुमैै ख्याल पुर्याएको भए हाम्रो देशमा कोरोना भाइरस ( COVID – 19 ) जस्तो मानव संहारकारी जोखिमबाट देश र जनतालाई जोगाउन र बचाउन सकिन्थ्यो ।
 
 उल्टै यो केपी ओली नेतृत्वको दलाल सरकार चीनबाट  कोरोना भाइरसको संक्रमण सम्बन्धि रोगथामा लागि ओौषधि जन्य सामाग्री सहित स्वास्थ्य सामाग्री खरिद गर्ने क्रममा आफ्नै मन्त्रीहरु संलग्न भएर करोडौंको भ्रष्टाचार गरियो र दलाल सरकार जनतालाई कोरोना भाइरसबाट देश र जनतालाई जोगाउने भन्दा पनि आफ्ना भ्रष्ट मन्त्रीहरुलाई जोगाउनमै तल्लीन रहयो र भ्रष्टाचारीहरुलाई बचाउनमै बढी समय खर्च्यो ।
 
 कोरोना कहरबाट पीडित र निमुखा आयश्रोत नभएका श्रमिक र मजदुरहरुलाई राहात वितरण गर्ने सवालमा अत्यन्तै पक्षपात र कञ्जुस्याँई मात्र गरेन जनतालाई सढे गलेको र कुहिएको दाल दाल चामल वितरण गरेर जनतालाई भेडा बाख्रा , पशु भन्दा पनि तुच्छ व्ववहार गर्यो । राहत पनि समयमै उपलब्ध गराएन । यसो गर्नुको पछाडि सरकार जनताको सरकार नभएर दलाल सरकार भएको परिणाम हो ।
 
 त्यस्तै विदेशमा रोजगारीका लागि विश्वका विभिन्न मुलुकहरुमा विशेष गरी भारत प्रवास, खाडी मुलुकहरु , मलेसिया लगायतका मुलुकहरुमा अप्ठ्यारोमा परेका र स्द र त्यहाँ कोरोना भाइरस कै समस्याका कारण रोजगार विहिन भएर खप्ठ्यारोमा परेर आफ्नै देशमा आउन चाहेका लाखौं दाजुभाइ  दिदीबहिनीहरुलाई उपयुुक्त वातावरण बनाएर स्वदेशमा ल्याउन कुनै चासो र पहलकदमी गरेन ।
 
 विशेषगरी भारतसित खुला नाका भएकोले भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा समयमै नेपाल र भारत बिचको सिमाना समयमै बन्द नगरेकै कारण भारतबाट नेपाल प्रवेश गर्नेहरुबाटै नेपालमा संक्रमण फैलिन पुग्यो । यो दलाल सरकारको ठूलो गलती थियो । 
 
 त्यस्तै भारतमा रोजगारीका लागि गएका हाम्रा दाजुभाइ दिदीबहिनीहरु त्यहाँ रोजगारी गुमाएका र अप्ठ्यारोमा परेका हजारौंको संख्यामा आफ्नो मातृभूमि  नेपाल आउने लहर नै चल्यो । दलाल सरकार यस विषयमा चनाखो बन्नु पर्थ्यो , वास्ताा गरेन निरिह बन्न पुग्यो । सुदूरपश्चिम लगायत सम्पूर्ण सिमानाहरुमा आइपुगेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहज रुपमा स्वदेशमा ल्याएर विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमका क्वारेन्टाइनहरुमा राखेर घर घरमा पठाउने कुनै व्यवस्था नै गरेन ।
 
अन्तिममा भारतले रेल वे लाइन सञ्चालनमा ल्यायो र भारतभरबाट हजारौं हाम्रा दाजुभाइ दिदीबहिनीहरु नेपालको सिमानाहरुमा नराम्ररी अलपत्र बन्न पुगे । एकातिर भारतीयहरुको छिछि दुरदुरको व्यवहारसंग सामना गर्नु पर्यो भने अर्कोतिर कोरोना भाइरसको जोखिमसित पनि सामना व्यहोर्नु पर्यो ।
 
     त्यस पछि लाखौंको संख्यामा हाम्रा दाजुभाइ दिदीबहिनीहरु सुदूर पूर्वको झापा र सुदूर पश्चिमको कञ्चनपुर सम्मका सैयौ हाम्रा दाजुभाइ दिदीबहिनीहरु लाखौंको संख्यामा आइपुगे पछ पछिल्लो अवधिमा विनाजाँच चेक नेपाल भित्र्याए पछि एकातिर विना क्वारेन्टाइन भैसी गोठ र खुला चौरहरुमा खानपिन विना भ‍ोकभोकै राखेर बिजोग पारिएको छ ।
 
   मान्छेहरु आौषधिउपचार र खानपिन , अन्य अभावका कारण क्वारेन्टाइन भित्रै मर्ने , क्वारेन्टाइनहरु छाडेर भाग्ने सम्मका लाज मर्दो कार्यहरु भइरहेका छ । 
 
   महिलाहरु क्वारेन्टाइन भित्रैै बच्छा जन्माउन बाध्य भइरहेका छ ।
 
  क्वारेन्टाइन र आइसुलेशनका अभावका कारण संक्रमित विरामीहरु अकालमैै मर्ने संभावना बढेर गएको छ ।
  यो दलाल सरकारसंग कोरोना भाइरसको संक्रमण सम्बन्धि शंका लागेका विरामीहरुलाई जाँच्न प्रयोग हुने किट्स पनि छैन । भएको पनि चीनबाट भ्रष्टाचारीहरुले खरेद गरेर ल्याएको नक्कली र सढे गलेको किट्स छ। त्यसले जाँचेर  विरामीको नतिजा पोजेटिभ र नेगेटिभ आउने कुरामा शंका बढीरहेको छ । 
 
 आज आएर संक्रमित विरामीलाई आफ्नै घरमा ह‍ोम क्वारेन्टाइन र आइसुलेशनमा बस्नुपर्ने निति ल्याएर लाजमर्दो कार्य यो दलाल सरकारले गरिरहेको छ ।
 
एकातिर विना विकल्प Lockdown को अबधि लम्याउदै लगेका कारण नेपाली जनताको जीवन निर्भाहको समस्या विकराल बन्दै गएको छ । 
 
 एकातिर कोरोना भाइरसको संक्रमणको जोखिमका कारण नेपाली जनता त्राही त्राहीमा छन् भने अर्कोतिर सत्ततधारी वर्ग, सरकारका भ्रष्ट  मन्त्रीहरु , अवसरवादी सभाषदहरु भ्रष्ट कर्मचारीहरु , स्थानीय तहका भ्रष्ट जनप्रतिनिधिहरुलाई दशै – तिहार आइरहेको छ । यही मौकामा सात पुस्ता धान्नेे होडमा दौडिरहेकाा छन् ।
 
 कोर‍ना भाइरस जोखिम न्युनिकरणका लागि स्वदेश र विदेशबाट खरबौ रकम जम्मा भएको छ । तर त्यो रकम भाइरस नियन्त्रण र जनताको लागि खर्च नभए भ्रष्टहरुले झ्वाम पारिसकेका छन् । 
 
आर्थिक वर्ष २०७७/२०८८ को बजेट पनि कोरोना भाइरस जोखिममा लगानी गर्ने नाममा सत्ता धारी वर्गलाई पोष्ने गरी ल्याइएको छ । विदेशबाट रोजगारी गुमाएर आएका दाजुभाइ दिदीबहिनीहरुलाई उपयुक्त रोजगारी दिलाउने खालको कुनै वैज्ञानिक र व्यवहारिक रुपको बजेट ल्याइएको छैन । बजेट हाम्राे देशका दलाल नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गलाई पोष्ने गरी ल्याइएको छ । अर्थात् बजेट विगतमा नेपाली कांग्रेसले ल्याउने गरेको र यो दलाल सरकारले ल्याएको बजेटमा कुनै भिन्नता छैन ।
 
 यस कोरोना कहरका कारण आगामी दिनमा मुलुकको आर्थिक अवस्था निकै जर्जर बन्ने निश्चित छ । जनताका छोराछोरीहरुले रोजगारी गुमाउँदै जाने , नयाँ अवसरहरु पनि गुमाउँदै जाने कुरा निश्चित छ । 
 
अहिले नै कोरोना कहरकै कारण मुलुकको आर्थिक अवस्था ज्यादै जर्जर भइसकेको छ भविष्यमा थप संकटग्रस्त बन्ने कुरा निश्चित छ । दलाल सरकारबाट देश र जनताका भविष्यका सपनाहरु कोर्ने वाला छैन । जनता मरुण वा बाचुन यो दलाल सरकारलाई कुनै मतलव छैन ।भ्रष्टाचार गर्ने , मुलुकको ढुकुटीमाथि लखनउ लुट मच्चाउने र पुस्तौसम्म पुग्ने सम्पत्ति जम्मा गर्नेतिर लाग्ने छ । र जनताको जीवन स्तर भयावहपूर्ण बन्दै जाने कुरा निश्चित छ ।
 
 यस कोरोना भाइरस ( COVID – 19 ) को कहरकन कारण सिंगो नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो प्रभाव परेको छ र भविष्यमा अरु जटिल बनेर जाने कुरा निश्चित छ ।
 
 कोरोना कहरका कारण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र तिनका जनवर्गीय तथा मोर्चा संगठनहरु चलाउन , सञ्चालन गर्न आर्थिक कठिनाइका कारण समस्याहरु उत्पन्न हुने , पार्टी भित्रको अवस्था संकटग्रस्त र जटिल बन्दै जाने पार्टीहरुले आर्थिक रुपले कार्यकर्ताहरु चलाउन र बचाउन अप्ठ्यारो पर्ने र पार्टीहरुलाई आफ्ना गतिविधिहरु सञ्चालन गर्न कठिनाई हुने जस्ता समस्याहरु पैदा हुनेछन् ।
 
  नेपाली कम्युनिस्ट आन्दोलन भित्र खासगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा धेरै प्रभाव परिसकेको छ । प्रतिक्रियावादी तथा दलाल सत्ताले चीनबाट आौषधिजन्य सामाग्री खरिद गर्ने क्रममा करोडौंको भ्रष्टाचार गर्यो । त्यसका विरुद्ध आन्दोलन उठाउन बन्दाबन्दी ( Lockdown) कारण अत्यन्तै कठिन परिस्थिति पैदा भएको छ र विरोध गर्ने शक्तिहरु बन्दाबन्दी परेका कारण यो भ्रष्ट तथा दलाल सरकारले मनपरि गरिरहेको छ ।
 
 कोरोना कहर व्यवस्थापनमा दलाल सरकारले जुन जनविरोधी गतिविधि सञ्चालन गरिरहेको छ । यस परिस्थितिले जनतालाई र क्रान्तिलाई घाटा पर्न पुगेको छ । यसले गर्दा जनतालाई दलाल सरकारको जनविरोधी , राष्ट्र विरोधी  गतिविधिका बारेमा जानकारी गराउन अप्ठ्यारो परेको छ ।
 
 आर्थिक वर्ष २०७७/२०८८ बजेट जुन विरोधी आर्थिक नितिका आधारमा ल्याइएको छ । यस विषयमा जनतालाई ससुचित गराउन कार्यमा पनि जटिलताहरु विद्देमान रहेको छ । यस विषयमन आन्दोलन उठाउन कोरोना कहरले अप्ठ्यारो परिस्थिति सृजना भएको छ ।
 
 कोरोना कहरकै कारण दलाल सरकारले गरिरहेका जनविरोधी , राष्ट्र विरोधी क्रियाकलापहरुका विरुद्ध आन्दोलन उठाउन अप्ठ्यारो परिरहेको छ ।
 
     अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दलाल सरकारले Lockdown को आवरण भित्रबाट चोर बाटो राष्ट्रघाती अमेरिकी परियोजना MCC  संसदबाट पारित गराउन जोडतोडफोडले लागि परेको छ । यसका विरुद्ध  आन्दोलन उठाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई अप्ठ्यारो परिस्थिति निर्माण भएको छ ।
 
    माथि उल्लेखित कारणहरुले एकातिर महान् नेपाली क्रान्तिको तयारीका कार्यक्रमहरु अगाडि बढाउन अप्ठ्यारो पर्ने संभावना प्रबल छ । र , प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी तथा दलाल सरकार झनै निरंकुश र फासीवादी बन्दै जाने र जनताका अधिकारहरु खोसिदै जाने संभावना बढ्दै जाने र जनताका गास,बास र कपासका समस्याहरु बढ्दै जाने तथा जनताका जनवाद र जनजीविकाका समस्याहरु थप बिक्राल बन्दै जाने  संभावनाहरु बढेर जाने छन् ।
 
अर्कोतिर  अमेरिकी साम्राज्यवाद अर्थात् साम्राज्यवादमा गिरिसकेको पुँजीवादी राज्य व्यवस्था कोरोना भाइरस ( COVID – 19 ) कहरबाट हुने संक्रमणबाट जोगाउन र देशलाई हरक्षेत्रबाट जोगाउने सवालमा पूर्णरूपमा असफल भइसकेको छ । पुँजीवादी सत्ताधारीहरुले जनतालाई माया गर्दैनन् , परिआएको बेला जनतालाई आवश्यक सहयोग गर्दैनन् भन्ने कुरा पुष्टि भएको छ । 
 
आज पुँजीवादीहरु र पुँजीवादी राज्य सत्ताहरु कोरोना कहरबाट जनतालाई बचाउन पूर्णरूपमा असफल भएका छन् । यस परिघटनाले विश्व मानव जातिलाई सबै खाले प्राकृतिक प्रकोपहरु र मानवीय शोषण , दमन , अन्याय , अत्याचार तथा वर्गीय शोषण र शासनबाट मुक्त गराउने एक मात्र वैज्ञानिक समाजवाद हो भन्ने कुरा पुष्टि भएको छ ।
 
 कोरोना भाइरस जस्तो महामारीबाट विश्व जनतालाई बचाउन पुँजीवादीहरु र तिनीहरूको संसदीय व्यवस्था पूर्णरूपमा असफल भइसकेको छ । यसको एक मात्र विकल्प वैज्ञानिक समाजवाद , समाजवादी राज्य व्यवस्था हो भन्ने कुरा प्रमाणित भएको छ । 
 
 किनकि चीन , भियतनाम , क्युवा जस्ता पुराना समाजवादी देशहरू एक हदसम्म कोरोना भाइरस जस्तो महामारीबाट देश र जनतालाई बचाउन र जोगाउन सफल भएकाा छन् । समाजवादका नाममा ” हिङ नभए पनि हिङ बाँधेको टालो ” भन्ने उखान चरिततार्थ सावित भएका छन् ।
 
आजको २१आौ शताब्दी युगमा आफ्नै विशेष्ताको समाजवाद चलाइरहेको उत्तर कोरियाले त शुरु मै सचेतता तथा सर्तकता अप्नाएका कारण कोरोना भाइरसलाई छिर्नै नदिएर विश्व रेकर्ड कायम गरेको छ ।
 
  २१९ देशहरू रहेको विश्वमा अब ६ देशहरूमा अहिलेसम्म कोरोना भाइरसलाई प्रवेश गर्न दिइएको छैन ।
 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( COVID – 19 ) ले विश्वभर नै आर्थिक , राजनीतिक , सामाजिक , साँस्कृतिक हरक्षेत्रमा प्रभाव पार्ने कुरा निश्चित छ । यसले आर्थिक रुपमा सबैभन्दा बढी प्रभाव पार्नेछ किनभने लामो समयसम्मको Lockdown र मानवीय क्षेतिका कारण यसको प्रत्येक्ष प्रभाव आर्थिक क्षेत्रमा पर्नेछ ।
 
 नेपाल पनि यो समस्याबाट अछुतो रहन सक्ने वाला छैन  । यतिबेला लामो Lockdown का कारण नेपालको आर्थिक स्थिति पनि बिक्राल बनिसकेको छ र सरकारको जनविरोधी र गैर जिम्मेवार तथा भ्रष्ट कार्य शैलीका कारण मुलुक आर्थिक रुपमा जर्जर बनिसकेको छ ।
 
यही आर्थिक जर्जरताका कारण विश्वभर नेपालमा पनि जनताका आर्थिक तथा अन्य अत्यावश्यक समस्याहरु प्रतिक्रियावादी एवं पुँजीवादी राज्य व्यवस्थाहरुले हल गर्न सक्ने छैनन् र विश्व जनतामा आक्रोश र विद्रोहको भावना बढ्दै जानेछ । र  नेपालमा पनि आर्थिक रुपमा मुलुक जर्जर बनेर जनताको जीवन यापनका विषयहरु बिक्राल बन्दै जाने सम्भावना प्रबल बन्ने छ । हाम्रो देशको दलाल तथा प्रतिक्रियावादी सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्न सक्ने कुरै आउदैन र त्यसले जनविद्रोहलाई निम्त्याउने छ र आम जनविद्रोहको वातावरण बन्दै जानेछ ।
 
यस प्रकारको परिस्थितिले महान नेपाली क्रान्तिको महान् यात्रालाई पनि लक्ष्यमा पुर्याउन उपयुक्त वातावरण बन्दै जाने संभावना पनि  आउन सक्छ । र महान् नेपाली क्रान्तिको तयारी गर्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई मद्दत पुग्नेछ ।
 
 वर्तमान नेपाली क्रान्तिको मोडेल पनि आम जनविद्रोह अर्थात् सशस्त्र जनविद्रोहको कार्यदिशा हो । त्यसको निम्ति जनविद्रोह नै पहिलो आधार हो ।
 
 विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले के भन्नुभएको छ भने ” सरकार सत्ता सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्नु र जनताले पनि सरकारलाई अस्वीकार गर्ने अवस्था पुगेपछि सत्ता परिवर्तनका सर्तहरु अनिवार्य हुन्छ ” भन्नु भएको थियोे।
 
लेनिनको भनाई एकदमै वैज्ञानिक छ र हाम्रो देशको लागि पनि ठिक छ किनकि ओली नेतृत्वको दलाल सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नराम्ररी नांगिएको छ अब देशमा आइपर्ने समस्या समाधान गर्न सक्ने स्थिति उत्पन्न हुनेछ ।
 
त्यस पछि जनता विद्रोहको लागि तयार हुनेछ । क्रान्तिको नेतृत्व गरिरहेका कम्युनिस्ट पार्टीहरुले सक्षमतापूर्वक नेतृत्व गर्न तयार हुुनुुपर्ने हुन्छ । यस परिस्थितिले क्रान्तिको वातावरण बन्न सक्छ ।त्यसैले क्रान्तिकारीहरु र क्रान्तिकारी जनता पनि त्यही ढंगले तयार हुन जरुरी छ ।
 
    अर्को कुरा पहिलो विश्व युध्दको संकटले रुसी अक्टोबर समाजवादी क्रान्तिका लागि वातावरण तयार भयो र महान् रुसी अक्टोबर क्रान्तिको विजयले नयाँ युगको सूत्रपात गरेको थियोे ।
 
दोस्रो विश्व युध्दक‍ो संकटले महान् चिनीयाँ नयाँ जनवादी क्रान्तिको उपयुक्त वातावरण तयार भएको थियो र सन १९४९ अक्टोबर १ का दिन महान् चिनीयाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भए पश्चात् विश्वभरका क्रान्तिकारीहरुलाई नयाँ उत्साह र प्रेरणा पैदा गरेको थियोे ।
 
 दोस्रो विश्व युध्द भएको आज ७५ वर्ष पछि कोरोना भाइरस ( COVID – 19 ) को कहरले विश्वव्यापी रुपमा भयांकर प्रकृतिको संकट उत्पन्न गरिरहेको छ र यो छिटै समाधान भइहाल्ने वाला पनि छैन  त्यसो भएर वर्तमानको संकटले विश्व क्रान्ति र नेपाली क्रान्तिका लागि पनि चुनौती र अवसरका रुपमा आम्ने साम्ने भएर आउनेछ । यस अवसरलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आत्मसात गर्न जरुरी हुन्छ ।
 
     क्रान्तिका लागि आवश्यक वातावरण आफै तयार हुदैन । क्रान्तिको वस्तुगत । आत्मगत तयारी गर्नमा ध्यान पुर्याउनु पर्ने हुन्छ । 
 
पहिलो नम्बरमा वस्तुगत र आत्मसात परिस्थिति अनुरुप क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने ।
 
दोस्रो नम्बरमा सम्पूर्ण क्रान्तिकारीहरुलाई एकताबध्द गर्ने कार्यलाई महत्त्वका साथ कार्यान्वयन गर्ने ।
 
 तेस्रो नम्बरमा शक्तिशाली जनमुक्ति सेना निर्माण गर्ने र त्यसको वैज्ञानिक ढंगले परिचालन र संरनागत विकास गर्ने ।
 
 चौथो नम्बरमा क्रान्तिका लागि राजनीतिक संयुक्त मोर्चा निर्माणको कामलाई महत्त्वका साथ कार्यान्वयन गर्ने ।
 
 पाचौं नम्बरमा क्रान्तिका लागि आम जनतालाई गोलबन्द गर्ने र जनताको विद्रोहीको कुशलतापूर्वक नेतृत्व प्रदान गर्ने ।
 
 वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने संकटले क्रान्तिका लागि क्रान्तिकारीहरु क्रान्तिको ऐतिहासिक नेतृत्व प्रदान गर्ने
 
अवस्था पैदा हुन सक्छ । यी सबै चुनौती र अवसरका।लागि क्रान्तिकारीहरु तयार रहनुपर्ने हुन्छ ।  यो नै आजदेखि तयार भएर सबै कामलाई व्यवस्थित गर्ने कार्य भार क्रान्तिकारीहरुको काँधमा आएको छ ।
 
  २१ जेठ २०७७ 
बुढानिलकण्ठ नगर पालिका – २ , 
कल्पवृक्ष कोलोनी , काठमाडौं 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा  पत्रकार केन्द्रका अध्यक्ष हुन ) ।