नेविसंघ बाजुरा-काठमाडौं सम्पर्क समितिले गर्यो निम्न वर्गका विरामिलाइ आर्थिक सहयोग

काठमाडौं,जेठ २२। नेपाल विद्याथी संघ बाजुरा- काठमाडौं सम्पर्क समितिले निम्न वर्गका विरामिलाइ आर्थिक सहयोग गरेको छ। विगत पाँच बर्ष देखि विरामी भएर अस्पतालमा उपचार गराइ रहेका खप्तड छेडेदह गाउँपालिका वडा ३ का रमेश रावतलाई सम्पर्क समितिले ६००० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।

 

 

उनलाइ भारतमा बिजुलिको काम गर्दा करेन्ट लागि तल्लको शरीर नचल्ने हुँदा अहिले काठमाडौंको सुस्मा कोईराला मेमोरियल अस्पताल साँखुमा ३ महिना देखि उपचार गराई रहेका छन् ।

त्यस्तै सम्पर्क समितिले हिमाली गाउँपालिका बाँधुकी विपना ल्वारलाइ पनि ७५०० सय रूपैयाँ आर्थिक सहयोग गरेको छ।उनि १ महिना अगाडि बाजुरामा काम गर्ने सिलसिलामा भिरबाट लडेर १ महिना देखि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराइ रहेकि छन्।  

 

त्यस्तै सहयाेग गर्नेमा सम्पर्क समितिका अध्यक्ष चन्द्र ब.रावत, उपाध्यक्ष मंगल रावत, सचिब थुमराज उपाध्याय, सदस्य गोविन्द बिष्ट, टेक ब.सिंहसहितका विद्याथी गएर  विरामीलाइ  आर्थिक सहयोग गरेको सचिव थुमराज उपाध्याले जानकारी दिएका छन्।