आज मिति २०७७ साल जेठ २६ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष- अध्ययनमा ध्यान दिनुहोला । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

 

बृष- अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो गरि समय व्यातित गर्न सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

 

मिथुन –सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्नेछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ।

 

कर्कट – पुराना समस्या हरुलाई केही समय दिएर सकाउन सकिनेछ बिद्यार्थी हरुले घरमै बसेर अध्ययन गर्नाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

 

सिंह – आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुदा काम गर्न सहज हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउँन सक्नेछन् । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

 

कन्या-व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । स्वअध्ययले पढाइमा सफलता प्राप्त हुनेछ ।

 

तुला –अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । सामान्य आँखा सम्वन्धी समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाव हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

 

बृश्चिक- स्वअध्ययनले पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

 

धनु –पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा पति पत्नी विच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

 

मकर – धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

 

कुम्भ –समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाइ लेखाइमा एकरुपमा नहुदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

 

मीन – पढाइ लेखाइमा मन जाने तथा अध्ययनमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले वाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । व्यापार व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।