सरकार जिउँदो हुँदा उपचार नपाउने नागरिकले: मृत्यु पश्चात् पाइने राहत को के काम ?

–  देवेन्द्र जंङ्ग शाही  

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति

हेलो सरकार हाम्रो हिसाब किताब मिल्यो कि मिलेन ? हामी असार मसान्त मै रन्थनियका छौ कि ? जनता को ज्यु ज्यानको रक्षा गरि रहेका छौ। परिणाम के आउदै छ अझ के आउने हो ? यी विविध विषयमा थोरै टिप्पणी गरेकाे छु।

 

 

हामीले हाम्रो जीवन कालको सुरुवात मै एउटा कोरोना भन्ने अनौठो रोग सँग मुटभेट गर्ने चुनौती सामना गर्न का लागि मात्र हामी लाई पीडाको बोध भएको होइन आगामी दीर्घकालीन गर्नै पर्ने आत्मनिर्भर ता को पनि उत्तिकै सपना देखि रहेका छौ। यो रोग ठुल ठुला देशमा व्यापक फैलिएको भन्ने हामी लाई सञ्चार माध्यमबाट थाहा भए पनि नेपालमा भने गत बर्स २०७६ साल फाल्गुन महिना को अन्तिम र चैत्र महिना को सुरुवातमा कताबाट नेपालमा पनि लक्ष्ण देखियो भन्ने गाइगुइ सुन्न आयो तर एकिन भने कदापि हुन सकेन हुन पनि कसरी एकिन होस ।

हाम्रो देश नेपालमा यस्ता नयाँ रोगको बिषयमा खोज तथा अनुसन्धान गर्ने नत दक्ष जनसक्ति छ। नत हामी सङ्ग साधन र श्रोत नै छ ।यी सबै कुरा ब्यवस्थित गर्ने तामझाम नभए पनि नेपालका लागि कोरोनाले भने निकै लामो समय सम्म ब्यवस्थापन गर्ने अबसर भने पक्कै दिएकै हो ।सरकारले यस विषयमा जत्ती ब्यवस्थापन गर्न खोजिएको थियो त्यो कार्यान्वयनमा सफल नहुने लक्ष्यण देखा परेका छन।

दिनप्रतिदिन मान्छेका आय आर्जनका बाटा ठप्प गरेर ढोकामा चुकुन लगाएर बन्द कोठा भित्र केही दिन त बसे तर त्यो समय मा सरकार जनताको अनुसाशन प्रती नत मस्तक भयो ।

सरकार लाइ जनता ले आदेश पालन गरेको अनुभुती भयो यसरी नै जनताले हाम्रो आदेशको पालना गर्ने हो भने हामीले कोरोना सङ्ग सजिलै युद्ध जित्न सक्छौ । भन्ने अहमता सरकार लाई बढी चढ्यो अब जनताले परिणाम के भोग्दै छन । नेपाल जस्तो परनिर्भर मुखी देशका जनता ले ७७ दिन सम्म बन्द कोठा भित्र बसि बिना आम्दानीमा गुजारा चलाउनु चानचुने कुरा होइन ।

यस बिषयमा आम नेपाली आमा बुवा दाजुभाइ दिदिबहिनी हरु प्रती उच्च सम्मान गरौ अझ फेरि प्रदेशिएका दाजुभाइ ,दिदिबहिनीको रोजी रोटी बन्द भएर पराइ भुमीमा छटपटाइ रहेका छन। छिमेकी देश भारत बाट दिनप्रतिदिन हुलका हुलस्वदेश फर्किनेको सङ्ख्या बढदै छ,अब भने जनता दिनप्रतिदिन रित्तो खल्ती खाली पेट र नाङ्गो शरीरमा घरपरिवार सहित कसरी घर भित्र बस्न सक्छन् ? अब जनता बाध्यताले काम काज गर्न बाध्य हुने छन आय आर्जन बाटो तिर लाग्ने छन ।

 

यता कोरोनाले भने सिमा नाग्घन थाली सक्यो दिनप्रतिदिन गुणात्मक रुपमा रोग फैलिनु का साथै मृत्युदर क्रमश बढ्दो क्रममा छ । अझै सरकार को जनता को ज्यु ज्यान जोगाउने कानुन अझै बनेन ?

सरकार अब जनताको ज्यान जोगाउन को लागि कसरी कानुन सरल पार्न सकिन्छ पार्नु पर्यो ७७ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा आवश्यक उपकरण भित्र्याउनका लागि सहज बाताबरण बनाइ दिनु पर्यो । जनता ज्युदो हुदा रेखदेख भएन भने मृत्यु घोषणा पछि श्रद्धाञ्जली व्यक्त गर्ने सरकारको के काम ? ज्युदो हुदा ज्यान जोगाउने सहारा नपाए मृत्यु पछि दिने राहत को के काम ?