सरकारले ३० हजार संक्रमितका लागि सामग्री जोहो गर्दै

काठमाडौँ,असार ५ । कोभिड–१९ बाट संक्रमित संख्या तीव्र रूपमा बढ्दै जाँदा सरकारले असार मसान्तसम्म ३० हजार संक्रमितलाई चाहिने स्वास्थ्य सामग्री जोहो गरेको छ । सरकारले असार मसान्तभित्र संक्रमित कति पुग्छन् भनेर औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।

 

फागुन मसान्तसम्म नेपालमा एक जना मात्र संक्रमित थिए । संक्रमितको संख्या चैत मसान्तसम्म १२, वैशाख मसान्तसम्म २ सय १९ र जेठ मसान्तसम्म ५ हजार ७ सय ६० पुगेको थियो । असारमा चार दिन बित्दा संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । संक्रमण अहिलेकै गतिले बढे असार मसान्तसम्म संक्रमितको संख्या ४५ हजारसम्म पुग्ने विज्ञहरूले दाबी गरेका छन् ।

 

विशेषज्ञहरूका अनुसार पीसीआर परीक्षणको दायरा बढेसँगै मुलुकमा कोरोना संक्रमणको दर तीव्र गतिले बढिरहेको हो । जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले भने, ‘मंगलबार संक्रमण दर साढे ७ प्रतिशतभन्दा बढी थियो भने बुधबार बढेर ९।७ प्रतिशत पुग्यो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने ३० हजारभन्दा बढी कोरोना केस पुग्ने अनुमान गरेर सामग्रीको तयारी गरिराखेको जानकारी दिए।

 

संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय ८० प्रतिशतभन्दा बढी भारतबाट स्वदेश फर्कने नेपालीमा संक्रमण देखिएको छ । संक्रमण समुदायमा भने प्रवेश गरिनसकेको विज्ञहरूले बताउँदै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ।