हाेटल एभरल्याण्डका घरधनि अकबर अलि र सानी खातुनले झन्डै चार महिनाकाे भाडा छुट

काठमाडाै,असार २१। अहिले काेराेना भइरस काेभिड १९ ले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार- व्यावसाय तथा जनजीवन निकै कष्टकर बनाएकाे छ।

 

यहि परिस्थितिलाइ मध्यनजर गर्दै अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा न ८ भालुवाङ स्थित राप्तीनदि किनारमा रहेको भाडामा दिएकाे आफ्नाे घरजग्गामा सन्चालित हाेटल एभरल्याण्डका घरधनि अकबर अलि र सानी खातुनले झन्डै चार महिनाकाे तीन लाख पचास हजार बराबरकाे भाडा छुट गर्नु भएको छ।

यसरी चार महिनाकाे भाडा छुट दिएर समाजमा उदाहरणीय काम पेसा गर्नुभएको छ ।यसरी चार चार महिनाकाे भाडा छुट दिएर हामी जस्ता आफ्नै देशमा केही गर्नु पर्छ भन्ने युवाहरूलाई थप हाैसला र प्रेरणा प्रदान गर्नुभएको सन्चालक मध्यका एक दामाेदर खनालले बताउनु भयाे।

स्मरण रहाेस उहाँहरू अकबर अलि र सानी खातुन प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलिका बुबा आमा हुनुहुन्छ।