क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले राष्ट्रघाती एमसीसी विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडाैं,असार २१। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले आज राष्ट्रघाती एमसीसी विरुद्ध चर्काे नारावाजी गरेका छन्। उक्त कार्यक्रम अखिल क्रान्तिकारीका सचिव सुर्य कार्कीले सञ्चालन गरेका थिए भने संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले मन्तव्य राखेका थिए ।

 

 अखिल क्रान्तिकारीले राष्टघाती एमसीसी परियोजना सम्झौता खारेजीको मागसहीत एमसीसीकाे म्यद थप नगर्न अमेरिकालाइ पत्र नपठाउन सरकारलाइ चेतावनी दिएका छन्, माइतीघर मण्डलामा भएकाे उक्त विराेध कार्यक्रमाम अध्यक्ष गजुरेलले यस्ताे चेतावनी दिएका हुन ।

साथै उक्त विरोध कार्यक्रममा सम्पूर्ण देशभक्त तथा राष्ट्रियता पक्षधर शक्तिहरु अबएक हुने बेला आएकाे र राष्ट्रघाती सम्झाैता विरुद्ध सबै एक भएर लड्न पनि आव्हान गरेका छन् ।

 

त्यस्तै अनलाइन कक्षाकाे नाममा शुल्क उठाउने संयुक्त निर्णयको विरुद्ध भाेलि धर्ना कार्यक्रम समेत रहेकाेले सम्पूर्ण विद्यार्थीहरूलाइ उपस्थिति भइदिन आग्रह समेत गरेका छन्।

त्यसैगरी प्याव्सन र एनप्याव्सनद्धारा लकडाउन अवधिभरको शुल्क अभिभावकबाट अनलाइन शिक्षाको नाममा उठाउने संयुक्त निर्णयको विरुद्ध प्याव्सन कार्यालय डिल्लीबजारमा एक घण्टे धर्नाकार्यक्रम पनि आयोजना गरिएको प्रदर्शन कारीहरूलाइ जानकारी दिएका छन्।

यदि धर्नाकार्यक्रममार्फत विद्यार्थीको आवाजलाई उनीहरुले राम्ररी नसुनेमा आवश्यकता अनुसार संघर्षका अन्य कार्यक्रमहरु पनि संचालन गर्ने  गजुरेले जानकारी दिएका छन्।

 

त्यस्तै स्वास्थ्य क्षेत्रका केही मेडिकल कलेजहरूले १५-३० लाख सम्म बढी शुल्क लिएर लुट मचाएकाे र सरकारले गरेकाे निर्णय सम्म नमानेकाले अब अखिल क्रान्तिकारीले कारबाही गर्ने पनि चेतावनी दिएकन छन्।