नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

 काठमाडौं,असार, २२। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन्।

वायुसेवा निगमले ‘उद्धार उडान’का क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाएको थियो । क्याविन क्रु मेम्बरहरूलाई सोल्टी होटलमा अलगै राखेको थियो।संक्रमितहरूलाई सोल्टी होटलमा नै आइसोलेट गरिनेछ।