काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित,संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं,असार २३ ।नेपालका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । याे सँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

 

 उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको जानकारी दिइएकाे छ।