थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, २५३ डिस्चार्ज, कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं,असार,२४ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको छ। याे सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७५२ जना डिस्चार्ज भएका छन् । देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै केलालीमा ३६ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका ३३ जना, अछामका १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४÷१४ जना, डोटी र कञ्चनपुरका १२/१२ जना, झापाका ८,रुकुम पश्चिम र ललितपुरमा ७ जनामा   कोरोना संक्रण पुष्टि भएको छ ।

 

यस्तै चितवन, पाल्पा, दैलेख र अछाममा ५/५ जना, मोरङ, सप्तरी र बझाङमा ४/४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् ।

 

सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

 

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।