प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुंगियो

काठमाडौं, असार,२४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । 

 

पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल विना निष्कर्ष सकिएकाे छ ।

 

आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।

दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेयता बस्न सकेको छैन । स्थायी समितिको अर्को बैठक २६ गते बिहान ११ बजेलाई तोकिएको छ ।

 

झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् ।  

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

 

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन । अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन् ।