बाढीले १५ घर बगायो , १९ वेपत्ता, दुईको शव भेटियो

काठमाडौं, असार २५ । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो सो स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।

 

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उहाँले भन्न्ुभयो, गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो । 

 

मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ , केहीको शव समेत फेला परेको र ड्याम साइटवाट माथि जान सक्ने अवस्था नरहेको स्थानीय पत्रकार दिनेश थापाले जानकारी दिनुभयो ।

 

अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्ध्ुपाल्चोक जाने तयारी रहेको सभाम्ुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो। गोरखापत्रबाट