आफ्नै बहिनीलाइ नदीमा धकेलेको अभियोगमा दाजु पक्राउ

कैलाली,असार,२५ । कञ्चनपुर  जिल्लाको भीमदत्त नगरपालिका–१३ की १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान नदीमा डुबेर मृत्यु भएको छ ।  प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको छ ।

 

बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए ।

 

‘दाजुले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचनाकाे आधारमा मृतकका दाजुलाइ प्रकाउ गरिएकाे प्रहरी नायब उपरीक्षक थापाले बताएका छन्। ‘त्यसैले अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएकाे थापाले जानकारी दिए।