नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, १२० जना डिस्चार्ज,काठमाडौं उपत्यकामा थप ४२ जनामा संक्रमण

काठमाडौं,असार, २६ ।नेपालमा थप ११८ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको जानकारी दिएकाे छ ।

 

शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ४२ जनामा संक्रमण

काठमाडौं उपत्यकामा आज  ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन ।