कतारबाट फर्किएका सबै यात्रुलाई कोरोनाको शंकामा खरिपाटी क्वारेन्टिनमा लगियो

फाइल फाेटाे

काठमाडौं,असार,२७। कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौ वटा गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टिमा लगिएको छ।

 

 एक बालिका र  ६ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको खरिपाटी स्थित क्वारेन्टिनमा लगेर राखिएको छ।

 

कतारबाट एउटै विमानमा फर्किएर आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टर नलगेर सीधै क्वारेन्टिन लगिएको छ ।क्वारेन्टिनमा लगेर पीसीआर परीक्षण गर्ने तयारी भइरहेकाे छ।