आज भारी वर्षाको सम्भावना : यी पाँच प्रदेशमा हुँदै छ भारी वर्षा

काठमाडौं,साउन १ । आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

 यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।