क्रान्तिकारी माओवादीले नेपाल राष्ट्र बैङ्कले बाहिर ल्याएको मौद्रिक नीतिले देशलाई अरु पराधीन र कङ्गाल बनाउने ठोकुवा (प्रेस–वक्तव्यसहित)

काठमान्डौ,साउन ४ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणद्धारा देशको समसामयिक विषयमा प्रेस–वक्तव्य प्रकाशित गरेको जानकारी प्राप्त भएकोछ । राष्ट्रिय स्वाधीनता, जनजीवीका तथा जनताका जल्दाबल्दा समस्याबारे ओली सरकारको वर्तमान रवैयाप्रति उक्त पार्र्टीको गंभीर ध्यानाकर्षण भएको कुरा त्यसमा जनाइएकोछ । प्रेस–वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ–

प्रेस–वक्तव्य
राष्ट्रिय स्वाधीनता, जनजीवीका तथा जनताका जल्दाबल्दा समस्याबारे नेपाल सरकारको वर्तमान रवैयाप्रति हाम्रो पार्र्टीको गंभीर ध्यानाकर्षण भएको छ । यिनै विषयमा केन्द्रित रहेर पार्र्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ ।

१- लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक नक्सालाई सार्वजनिक गरेर नेपालको निशाना छापमा समावेश गरिसकेपछि सरकारको जोड त्यो निर्णयलाई कार्यान्वयन गराउने हुनु पर्दथ्यो । तर प्रम ओलीले असान्दर्भिक र उटपट्याङ्ग कुराहरु गरेर त्यो निर्णयलाई ओझेलमा पार्ने र पर सार्ने काम गर्दै आएका छन । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ र उक्त निर्णयको कार्यान्वयनका लागि तुरुन्त पहल गर्न सरकारसित जोडदार माग गर्दछ ।

२-हालै प्याब्सन र एन–प्याब्सनद्वारा गरिएको निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई अनिश्चितकालीन वेतलवी विदा दिने निर्णय अत्यन्त अन्यायपूर्ण रहेको छ । नाफा कमाउन प्रयोग गर्ने र घाटा हुने स्थितिमा मिल्काउने निजी क्षेत्रको यो निर्णयको हाम्रो पार्र्टीले विरोध गर्दछ र सरकारले हस्तक्षेप गरी ती शिक्षक तथा कर्मचारीलाई तलव सुविधा उपलव्ध गराउन सरकारसंग माग गर्दछ ।

३-उद्योग, पर्यटन, होटेल लगायतका विभिन्न व्यवशायमा कामगर्ने मजदुरहरुको जागिरको रक्षागर्न र लकडाउनका कारण काम नभएको बेलाको तलव सुविधा उपलव्ध गराउन सरकारले अभिभावकीय भूमिका खेलोस भन्ने माग गर्दछ । साथै, लकडाउन तथा आर्थिक समस्याका कारण विदेशमा अलपत्र परेका नेपाली मजदुरलाई सरकारी खर्चमा अविलम्ब देशमा ल्याउन र ती मजदुर लगायत सबै वेरोजगारलाई रोजगारीको व्यवस्था गर्न सरकारसंग माग गर्दछ ।

४- मनसुनको बेला पहाडमा पहिरो जाने र मधेशमा बाढी आउने नियमित प्रक्रिया हुन । समय हुंदासम्म समस्याको अनदेखा गर्ने र बाढी पहिरोको जोखिम बढेपछि “सुरक्षित उपाय अपनाई सचेत रहन अनुरोध छ” भनी वक्तव्यबाजी गर्ने यो निरीह र लाचार सरकारको हाम्रो पार्र्टी घोर भत्र्सना गर्दछ । बाढी पहिरोका कारण विपदमा परेकाको उद्धार गर्नका लागि तात्कालीन र त्यसको रोकथामका लागि दीर्घकालीन योजना निर्माण गरी तिनको कार्यान्ययन गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।

५- हालै, नेपाल राष्ट्र बैङ्कले बाहिर ल्याएको ०७७÷०७८को मौद्रिक नीति मजदुर, किसान लगायतका आम श्रमजीवी वर्गलाई चुस्ने, राष्ट्रिय पुँजीपतिवर्गलाई टाउको उठाउन नदिने र दलाल पुँजीपति वर्गलाई पोस्ने प्रकारको रहेको छ । नवउदारवादको सिरानी हालेर तयार पारिएको यो मौद्रिक नीतिले देशलाई अरु पराधीन र कङ्गाल बनाउने कुरा निश्चित छ । यसले सरकारको “सुखी नेपाली र समृद्ध नेपाल”को नारा जनतालाई लोभ्याउने र देश लुट्ने हतियार बाहेक अरु केही होइन भन्ने कुरालाई थप पुष्टि गरेको छ ।
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)